काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले अल न्यू टिगोरलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले स्टाइल ब्याक भनेर प्रमोट गर्दै आएको यो कार पहिलेको तुलनामा निकै उत्कृष्ट रहेको छ ।
कम्पनीले अल न्यू टिगोरमा अगाडिको ग्रिलमा ठूलो परिर्वतन गरेको छ भने, नयाँ प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।
४१९ लिटरको बुटस्पेस रहेको कारको इन्टेरियरमा प्रयोग भएको सिट कभर आर्टिफिशियल लेदर र फ्याब्रिक मिक्स गरेर बनाइएको छ । कारको सेन्टर कन्सोल पहिलाको भन्दा ठूलो रहेको छ भने, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।
यो पनि पढ्नुस्ः अल न्यू टाटा टिगोर टेष्ट ड्राईभ रिभ्यूः कम्प्याक सेडान, प्रिमियम फिचर
फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल सिस्टम, इलेक्ट्रीकल्ली एड्जस्टेबल तथा अटो फोल्डिड अोबिअारएम रहेका छन् । यसमा कुल्ड ग्लोभ बक्सको साथै हाइट एडजस्टेबल ड्राइभर सिट समेत रहेको छ ।
चार भेरियन्टमा उपलब्ध यो कारको नेपाली बजारमा एक्सईओ भेरिएन्टको मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ भने एक्सएमओ भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
एक्स जेड भेरियन्टको मूल्य ३१ लाख ९५ हजार रुपैयाँ रहेको छ भने एक्सजेड प्लसको मूल्य ३३ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
टिगोर फेसलिफ्टमा पुरानै १.२ लिटरको रेभल्टन पेट्रोल इन्जिन रहेको छ । पेट्रोल इन्जिनले ८४ बीएचपी पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ । यसकाे पेट्रोल भर्सनमा अटोमेटिक ट्रासमिसन पनि उपलब्ध रहेको छ ।


