बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले भारतीय बजारमा नयाँ एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको कुलीनान एसयूभीको मूल्य ६ करोड ९५ लाख भारु तोकिएको छ ।
आर्किटेक्चर अफ लक्जरी अर्थात् आल्मुनियम स्पेक–फ्रेम प्लाटफर्ममा निर्माण गरिएको यस मोडललाई भारतीय बजारमा सफल परीक्षणपश्चात् ल्याइएको हो । अफ–रोड सेग्मेन्टमा निर्माण भए तापनि कुलीनान जस्तोसुकै मौसम र स्थानमा गुड्न सक्ने कम्पनीको दाबी छ ।
यसमा स्लीक–हेडल्याम्प, एलईडी डे–टाइम रनिङ्ग ल्याम्प दिइएको छ । यस एसयूभीको लम्बाई ५ हजार ३ सय ४१ मिलिमिटर, चौडाई २ हजार १ सय ६४ मिलिमिटर रहेको छ भने ३ हजार २ सय ९६ मिलिमिटरको ह्वीलबेश लगाइएको छ ।
एसयूभीमा २२ इन्च अलोय–ह्वील, सिग्नेचर–डोर, रुफ–माउन्टेड स्पोइलर, स्टाइलिस भर्टिकल्ली स्टेक–एलईडी टेल–ल्याम्पजस्ता फिचर दिइएको छ ।
इन्टेरिएरमा १२ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको गाडीमा लक्जरीयस लेदर–सिट, बिस्पोक फेब्रिक र कार्पेट, कनेक्टीभिटी र नेभिगेसनकासाथै प्यानोरमिक–भ्यूसहितको चारवटा क्यामरा, वाईफाई हटस्पट, क्रश–ट्राफिक र लेन–डिपार्चरजस्ता विभिन्न विशेषता दिइएको छ ।
यसमा उपलब्ध ६.७५ लिटर भी–१२ इन्जिनले ५६३ बीएचपी पावरकासाथै ८५० एनएम–टर्क उत्पादनको क्षमता राख्छ ।


