काठमाडौं । नाडा अटो शो २०२४ को बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने ‘नाडा अटो शो २०२४’को स्टल बुकिङ खुला भएको हो ।
आज बुधबार एक सूचना जारी गर्दै एशोशिएसनले आगामी असार ५ गते भित्र इच्छुक कम्पनीलाई स्टल बुकिङ गर्न भनेको छ । स्टेल आवेदन गर्ने मध्येहरुबाट लक्की ड्र गरी स्टल छनोट गरिने नाडाले जनाएको छ ।
एक सातासम्म चल्ने अटो शो भदौ ११ गतेदेखि सुरु भएर १७ गतेसम्म चल्नेछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने शोमा प्यासेन्जर कार, कमर्शियल भ्यान, दुई पाङ्ग्रे, एशोसरिज र कम्पोनेन्टहरु पनि अटो शोमा हुनेछन् ।
अटो शोमा विभिन्न ब्राण्डका गाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको भएपनि अधिकांश ब्राण्डले विद्युतीय साधन प्रदर्शनी गर्नेछन् । दुई पाङ्ग्रे साधनमा भने नयाँ पेट्रोलियम पदार्थबाट चल्ने साधनकै दबदबा रहने अनुमान गर्न सकिन्छ ।
अटो शोको लागि भृकुटीमण्डपको प्रदर्शनी हल, बाहिरको चौर र गार्डेन एरियासमेत प्रयोग हुनेछ ।


