चिनियाँ ईभीलाई अमेरिकापछि यूरोपमा रोक्ने प्रयास, भोल्भोले छाड्ने भयो चीन

काठमाडौं । चिनियाँ विद्युतीय कारलाई अमेरिकी बजारमा १०० प्रतिशत कर लगाएर रोक्ने प्रयास भएको केही दिनमै अर्को समाचारले प्राथमिकता पाएको छ । यूरोपियन यूनियनले पनि चिनियाँ ईभीमा थप ३० प्रतिशत कर लगाउने निर्णय लिन लागेको समाचार बाहिर आएको हो ।

यूरोपियन यूनियनले चिनियाँ सरकारले ईभी उत्पादकहरुलाई अधिक अनुदान दिएर गाडीको मूल्य निकै कम राखेकोमा विरोध गर्दै आएका छन् । त्यसको लागि यूनियनले सन् २०२३ अक्टोबरमा एक छानविन कमिटि बनाएको थियो ।

अधिक अनुदानका विषयमा भएको छानविनको रिपोर्ट यहि साता चीन र यूरोपियन यूनियन भित्र रहेका देशहरुलाई हस्तान्त्रण गर्ने तयारी भएको रिपोर्टहरु बाहिर आएका छन् । त्यसपछि चार हप्ताको समय सबै यूरोपियन देशहरुलाई कर किन नबढाउने भन्ने विषयमा निर्णय लिन दिइने छ । त्यसपछि सबै देशले कम्तीमा ३० प्रतिशत कर चिनियाँ ईभीमा बढ्ने छ ।

यूरोपियन यूनियनको यस निर्णयका कारण भोल्भोले सबैभन्दा पहिलो चीन छाड्ने भएको छ । भोल्भोले यूरोपमा चिनियाँ उत्पादनलाई कर लागाउने भएसँगै आफ्नो प्लान्ट बल्जियममा सार्ने भएको हो । कम्पनीको बेल्जियम प्लान्टबाट २०२५ मा इएक्स–३० मोडल उत्पादन गर्नेछ ।


Back_to_top