आउने भयो एनटर्क स्कुटरको डार्क एडिशन

काठमाडौं । टीभीएसको बहुचर्चित स्कुटर एनटर्क १२५ को नयाँ भर्सन आउने भएको छ । कम्पनीले एनटर्क १२५ को डार्क एडिशन भारतमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले आफ्नो आधिकारिक शोसल मिडिया मार्फत टिजर सार्वजनिक गर्दै नयाँ भेरियन्ट ‘एनटर्क १२५ डार्क एडिशन’ ल्याउने जानकारी दिएको हो ।

योसँगै एनटर्क १२५ भारतमा विभिन्न १२ कलरमा उपलब्ध हुनेछ । नेपाली बजारमा समेत यी सबै स्कुटर उपलब्ध छन् । कम्पनीले भारतमा डार्क एडिशनको बुकिङ समेत खुला गरेको छ ।

डार्क एडिशन एनटर्कमा ब्ल्याक र ग्रे कलरको मिश्रण रहने छ । कलरका अलावा अन्य कुनै परिर्वतन नहुने कम्पनीले जानकारी दिएको छ ।

एनटर्कमा १२४.८ सीसी सिंगल सिलिन्ड, एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिले ९.३८ पीएस पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ ।

केही दिन भित्रमै सार्वजनिक हुने अनुमान गरिएको यो स्कुटरको मूल्य ९० हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । यसले होन्डा डिओ १२५, सुजुकी एभेनिस १२५, यामाहा रेजेडआर १२५ जस्ता स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top