साँच्चै अफरोडर जे-६ (फोटोफिचर)

काठमाडौं । केही वर्ष अगाडिसम्म विद्युतीय कार भनेका साना र सहर लक्षीत गाडी भनेर चिनिन्थ्यो । अब समय फेरिएको छ । बक्सी लुक्समा हाडकोर एसयूभीहरु पनि ईभीमा आउन थालेका छन् । त्यहि मध्येको एक एसयूभी जेको जे-६ नेपाल प्रबेश गरिसकेको छ ।

अहिलेसम्म बजारमा रहेका इलेक्ट्रीक क्रसओभरहरु लिएर पहाडी कच्ची बाटोमा यात्रा गर्ने आँट कमैलाई आएको पाउँछौं । तर, अफरोडको लागि उपयुक्त बनेर आएको जे-६ जस्ता एसयूभी भएपनि जोकोहीलाई आँट आउने छ ।

अफरोडमा पनि यसलाई लिएर हिड्ने आँट यसको बडी एङगलले दिएको हो । यसको अप्रोच एङ्गल २६ डिग्री र डिपार्चर एङ्गल २९ डिग्री छ । साथमा रहेको २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले यसलाई ट्रु अफरोडर बनाएको छ ।

चेरीको सहायक ब्राण्ड ओमोडा/जेकोले उत्पादन गरेको जे-६ चेरीकै आई कार हो । त्यसैलाई यूरोप लगायतका अन्य बजारमा ईभीको रुपमा बिक्री गर्न जेको ब्राण्डमा तयार पारिएको हो । त्यसैले यसको अगाडि लोगोदेखि सबै लाइट आई अक्षरमा डिजाइन गरिएको छ ।

 

अगाडि मस्कुलर बम्पर, १८ इन्चको स्मार्ट अलोय ह्वील, वेलकम लाइट, मस्कुलिङ ह्वील आर्क र दुई हेडलाइटको बीचमा दिइएको ब्ल्याक फिनिस प्यार्टनले यो अफरोड मेशिनलाई पृथक बनाएको छ ।

अब कुरा गरौं गाडीको साइजको ४४०६ एमएम लामो एसयूभी १९१० एमएम फराकिलो छ । साथै यसको उचाई १७१५ एमएम छ । यो नेपाली बजारमा उपलब्ध धेरै उचाई भएको विद्युतीय एसयूभी मध्येको एक हो ।

ईभीमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मोटर र ब्याट्री हुन्छ । यसको मोटर १३५ किलोवाट पीकपावर भएको छ । यसमा ब्याट्री भने सीएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट आवरको लिथियम आयोन फस्फेट दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर हो ।

कम्पनीका अनुसार ६.६ किलोवाटको एसी र ८० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने जे-६मा एडास फिचर भित्र १६ उत्कृष्ट सेफ्टी फिचर रहेको छ । यसको अगाडि भ्यान्टीलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ ।

निकै स्मार्ट र स्लीक डिजाइनमा दिइएको ९.२ इन्चको इन्ट्रुमेन्ट कन्सोल र सेन्टर ड्यासबोर्डमा दिइएको १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम निकै आकर्षक छ । इन्फीनीटीको ८ स्पीकर रहेको कारमा म्यूजिक सिस्टम झनै लोभलाग्दो सुनिन्छ ।


Back_to_top