जापानीज कार निर्माता कम्पनी टोयोटाले ब्राजीलमा भएको एक कार्यक्रममा दुनियाकै पहिलो हाइब्रिड भेइकलको प्रोटोटाइप सार्वजनिक गरेको छ । यो कारको माध्यमबाट भविष्यमा कार्वन–डाईअक्साईड उत्सर्जन कम गर्न सहयोग पुर्याउने छ ।
यो नयाँ प्रोटोटाइप मोडल फ्लेक्सिवल फ्युल सिद्धान्तमा आधारित रहेर काम गर्नेछ । फ्ेलिक्सिवल फ्युलको प्रयोगबाट कार्वन डाईअक्साईड (CO2)को उत्षर्जन कम गर्न सकिने छ । टोयोटाले यो प्रविधिको ९० प्रतिशत कारहरु ब्राजिलमा बेच्ने योजना बनाएको बताएको छ ।
टोयोटाले यो प्रविधि विकास र यसको उत्पादनमा करिब २२५ मिलियन डलर खर्च गर्ने घोषणा गरेको छ । इथानोल हाईब्रिड भेइकलको रुपमा पहिलो पटक बनेको यो कारलाई कम्पनीले २०१९ को अन्त्यसम्ममा बजारमा उतार्ने छ । कम्पनीले यो भेइकलको लागि ब्राजिल रोज्नुमा इथानोल उत्पादन मुख्य कारण रहेको छ । अमेरिका पछि विश्वकै दोस्रो धेरै इथानोल ब्राजिलमा उत्पादन हुन्छ ।
कम्पनीले सार्वजनिक गरेको प्रोटोटाइप टोयोटाको पहिलो हाइब्रिड मोडल प्रियसबाट प्रेरित रहेको छ ।


