क्याप्टेन विजय लामालाई एनएसीमा नयाँ जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)को प्रबक्तामा  क्याप्टेन विजय लामा ताेकिएका छन् । एनएसीमा सिनियर क्याप्टेनका रुपमा रहेका लामाले आज (बुधबार)बाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका हुन् । 

नेपाल एयरलाइन्सको सिनियर क्याप्टेनका रुपमा रहेका लामाले प्रवक्ताको जिम्मेवारीसँगै विमान पनि उडाउने छन् । यसअघि प्रवक्ताको जिम्मेवारी अशोक सिग्देलले निभाउँदै आएका थिए । 


Back_to_top