रेनोले बेच्यो भारतमा ५ लाख कार, नेपालमा बिक्यो २५ सय

फ्रान्सेली कार उत्पादक कम्पनी रेनोले भारतीय बजारमा पाँच लाख युनिट कार बिक्री गर्न सफल भएको छ । साथै, रेनोले व्यापारलाई थप मजबुद बनाउने उद्देश्यसहित ग्राहकलाई विशेष अफर दिदै आएको छ । 

यसैबीच, कम्पनीले डिसेम्बर महिनाभरि क्वीड मोडलमा सिमित अवधीको लागि शुन्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा प्रदान गरेको छ । कम्पनीले ९८ प्रतिशत पार्टस भारतमै उत्पादन गरेको क्वीड मोडललाई निक्कै सफल कारको रुपमा लिने गरिएको छ । 

यस मोडलको सफलतालाई मध्यनजर गर्दै कम्पनीले म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनसाथै विभिन्न विशेषता  थपिएको नयाँ भेरियन्ट सार्वजनिक गरेको थियो । यसको अलवा, अर्काे मोडल क्याप्चर प्रति आकर्षित हुने ग्राहकको संख्या पनि बढ्दै गएको छ । 

कम्पनीले बजारमा ल्याएको रेनो डस्टरपनि निक्कै लोकप्रिय मोडलको रुपमा परिचित छ । ५ लाख युनिट कार बिक्री गर्न सफल भएको रेनोले डस्टरको दुई नयाँ भेरियन्ट बजारमा ल्याएको थियो । जस अन्तर्गत पेट्रोल भर्सनको आरएक्सएस र एएमटी डिजेल भर्सनको आरएक्सएस एएमटी रहेको छ । 

यसको साथै, कम्पनीको यस सफलतामा अर्काे अपेक्षित मोडल क्याप्चर बजारमा ल्याएको थियो । कम्पनीले कम्पनीले उक्त मोडललाई रेडियन्ट रेड कलर र रुफ रेल्ससहित बजारमा ल्याएको छ । 

उत्कृष्ट डिजाइन, ग्राउन्ड क्लियरेन्स, प्रिमियम लुक तथा क्लासको कारण डस्टर ग्राहकमाझ लोकप्रिय बनेको छ । हाल, भातरीय बजारमा रेनोले क्वीड, डस्टर, लोजीलगायतका मोडल बिक्री वितरण गर्दै आएको छ । साथै, ग्राहकलाई आकर्षण गर्ने उद्देश्यसहित कम्पनीले विशेष अफरसमेत प्रदान गर्ने गरेको छ ।

नेपालमा २५ सय यूनिट बिक्री 

रेनोले नेपाली बजारमा २०१६ मा प्रबेश गरेको थियो । कम्पनीले नेपाली बजारमा प्रबेश गरेको २ वर्षमा नै २५ सय युनिट बिक्री गर्न सफल भएको छ । 


Back_to_top