चीनमा ईभीको बजार हिस्सा उथलपुथल हुँदै

काठमाडौं । चिनियाँ बजारमा न्यू इनर्जी भेहिकल उत्पादकहरुको मार्केट सेयर उथलपुथल भइरहेको छ । उत्पादन र बिक्रीको आधारमा बीवाइडी सबैभन्दा अगाडि रहँदा अन्य उत्पादक बीच दोस्रो स्थानको लागि तिब्र प्रतिस्पर्धा सुरु भएको हो ।

पछिल्लो दुई वर्षदेखि मासिक ३५ देखि ४० प्रतिशत बजार हिस्सासहित बीवाइडी पहिलो स्थानमा छ । तर, दोस्रो स्थानको लागि टेस्ला, जीएसी एवोन, चांगान, जिली, एलआई अटो, विलिङ जस्ता ब्राण्ड बीच सधैँ प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

जुलाई २०२४ मा पनि ३५.५ प्रतिशत बजार हिस्सासहित बीवाइडी टपमा थियो । दोस्रो स्थानमा यसपटक जिली आइपुगेको छ । जिलीको बजार हिस्सा ६.५ प्रतिशत रह्यो । तेस्रो स्थानको एलआई अटोको ५.८ प्रतिशत र चौथो स्थानमा रहेको टेस्ला चाइनाको ५.३ प्रतिशत छ ।

त्यसैगरी पाँचौ स्थानमा चांगान परेको छ । उसको बजार हिस्सापनि ५ प्रतिशत नै छ । छैटौ, सातौ र आठौ स्थानमा क्रमशः विलिङ, सेरेस र चेरी परेका छन् । यीहरुको बजार हिस्सा पनि क्रमशः ४.८, ४.५ र ३.८ प्रतिशत छ ।

सूचीको नवौं स्थानमा ३.७ प्रतिशत बजार हिस्सासहित जीएसी एवोन र दशौं स्थानमा २.५ प्रतिशत बजार हिस्सासहित लिप मोटर्स परेको छ ।


Back_to_top