अटो शोमा मुख्य आकर्षण बन्न सक्ने ४ मोडल, यस्ता छन् फिचर

काठमाडौं । आगामी भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा विद्युतीय कार ब्राण्डको लामो लाइन देखिदैछ । विशेषगरी चिनियाँ उत्पादकले बजारमा ल्याउन लागेका कारहरु बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

करिब दुई दर्जन ब्राण्डले गाडी प्रदर्शनी गर्ने अटो शोमा प्रिमियम ब्राण्ड बीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । विशेषगरी ६५ लाखदेखि ८० लाख मूल्य पर्ने सेग्मेन्टमा अहिले रहेका बीवाइडी एटो-थ्री र दिपल एस-०७ लाई टक्कर दिनेगरी नयाँ मोडलहरु बजारमा आउन लागेका छन् ।

बजारमा आउन लागेका मध्ये हामीले ४ मोडलको बारेमा यहाँ चर्चा गरेका छौं । यी मोडलले यो सेग्मेन्टमा तगडा प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ । जसलाई जिकर, एक्सपेङ, जेको र लिप मोटर्सले नेपाल ल्याउन लागेका हुन् ।

जिकर एक्स

नयाँ आउन लागेका मोडल मध्ये मूल्यमा सबैभन्दा महंगो हुने अपेक्षा गरिएको जिकर एक्स एक प्रिमियम क्रसओभर एसयूभी हो । यसले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो सफलता पाइरहेको छ ।

सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स फिचर प्याक भएर आउन लागेको हो । जिकर एक्स रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । कम्पनीका अनुसार ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।

जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।

एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग, पानारोमिक शनरुफ, डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिल यसमा पाउन सकिन्छ । यसमा जिकरको इन्टेलिजेन्ट बी–पीलरको प्रयोग भएको छ । त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउने छ ।

यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ ।

जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।

एक्सपेङ जी-६

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ जी-६ नाडा अटो शोमा प्रदर्शन हुने प्रतिक्षित मोडल हो । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी मध्ये सबैभन्दा पहिला जी-६ लाई राइट ह्याण्ड ड्राइभमा उत्पादन गरेको छ ।

विश्व बजारमा टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-६ ब्याट्री पावर र ओभरअल गाडीको साइजका आधारमा उत्कृष्ट एसयूभी हो । एक्सपेङ जी६ एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि २० इन्चको छ ।

अत्याधुनिक सुरक्षा फिचरले सुसज्जित एक्सपेङ जी-६ मा पीकपावर १९० किलोवाटको मोटर रहने छ । त्यो भनेको २५८ पीएस हो । कम्पनीले यसमा ६६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिएको छ । डब्लूएलटीपी रेन्ज टेष्ट रिपोर्ट अनुसार यसले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिन्छ ।

एक्सपेङ जी-६ ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’ र ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको एसयूभी हो । यसले २१५ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले १० बाट ८० प्रतिशात मात्र २० मिनेटमा रिचार्ज गर्छ ।

एक्सपेङ जी-६ मा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर छन् । यसमा टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १८ वटा स्पीकर सहितको १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । यसमा एडास २.० इन्टेलीजेन्ट ड्राइभिङ फिचर छन् ।

जेको जे–६

जेको जे–६ प्रिमियम इलेक्ट्रीक लाइफ स्टाइल एसयूभी पनि अटो शोको मुख्य आकर्षण हुने देखिन्छ । चेरीको आई कारबाट प्रेरित जे–६ एसपीजी अटोमोवाइलले नेपाल ल्याएको हो । यसमा ६५.६ किलोवाट आवरको ब्याट्री रहने छ ।

नाडा अटो शोमा प्रदर्शनी हुने जे–६ मा १३५ किलोवाट पीक पावर भएको रियर ह्वील ड्राइभ सिंगल मोटर छ । यसको अल ह्वील ड्राइभ मोडल पनि आउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा अहिलेसम्म क्रसओभर मोडलका एसयूभी मात्रै उपलब्ध छन् । तर, जेकोले प्योर इलेक्ट्रीक एसयूभी नेपाली बजारमा ल्याउन लागेको हो ।

यसको इन्टेरियर पनि निकै भब्य हुनेछ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रिष्टल ड्राइभ मोड सेलेक्टर, छलमा दिइएको सोलार प्यानल, एडास फिचरहरु उपलब्ध रहेका छन् ।

प्रिमियम सिट, नयाँ लाग्ने स्टेरिङ ह्वील, पृथक डिजाइनमा उपलब्ध सेन्टर कन्सोल र टु स्टेप ड्यासबार्ड यसमा पाउन सकिन्छ ।

लिप सी–१०

आधिकारीक बिक्रेता टुङ्गो लागि नसकेको लिप मोटर्सको सी–१० एसयूभी पनि नाडा अटो शोको आकर्षण बन्ने देखिन्छ । पाँच सिट क्षमताको उक्त एसयूभीको लम्बाई ४७३९ एमएम, चौडाई १९०० एमएम, उचाई १६८० एमएम छ ।

सी–१० एसयूभीमा २८२५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ‘लिप ३.० टेक्नोलोजी आर्किटेक्चर’मा बनेको एसयूभीले लाइडार सपोर्ट गर्छ । यसमा क्वालकमको स्न्याप ड्रागन ८२९५ चीप सहितको स्मार्ट ककपिट छ ।

यसमा लेभल ३ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम यसमा पाउन सकिन्छ । कम्पनीले लिप मोटर पाइलोट नाम दिएको सिस्टममा ३० वटा सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा क्यामरा, १२ अल्ट्रासोनिक राडार, एक १२८ लाइन लाइडार र १ एनभिडियाको ओरिन एक्स चीप रहेको छ ।

यसको इन्टेरियरमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट प्यानल र १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन छ । यसको सिटलाई १८० डिग्रीसम्म फ्ल्याट बनाउन सकिन्छ । पानारोमीक शनरुफ, २० इन्चको मल्टीस्पोक रिम, हिडन फ्लस डोर ह्याण्डल, रुफमा वाचटावर लाइडार, थ्रू टाइप लाइट ग्रुप, रियर स्पोइलर दिइएको छ ।

लिप सी-१० मा १७० किलोवाटको इलेक्ट्रीक मोटर छ । २२८ हर्सपावर प्रदान गर्ने मोटरको टर्क भने ३२० न्यूटन मिटर छ । कम्पनीले यसलाई ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा नेपाल ल्याउने छ ।


Back_to_top