अग्नी ग्रुपले ल्यायो महिन्द्राको नयाँ ट्याक्टर, कृषिको लागि नयाँ क्रान्ति मेसिन

काठमाडौं । महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले ईभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक गरेको छ । महिन्द्राको नेपाल स्थित डिलर अग्नी ग्रुपले नयाँ प्रविधिको ट्याक्टर आजबाट बजारमा ल्याएको हो ।

कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा रहेका ६ वटा अग्नी शाखा र डिलरबाट एक साथ बिक्री सुरु भएको हो ।

ईभो टेक प्लस ट्याक्टरहरुका १२ वटा अगाडि बढ्ने र ३ वटा रिभर्स सहितको गियरबक्स उपलब्ध छ । यसका रहेको गियरलाई माटोको प्रकार र खेती अनुसार गियर र गति चयन गरेर चलाउन सकिन्छ ।

निकै शक्तिशाली र इन्धन किफायती इन्जिन भएको कारण यसले थोरै खर्चमा उत्कृष्ट माइलेज प्रदान गर्छ । धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर पाउन सकिन्छ ।

खेतीमा काम गर्ने भएर पनि आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त रहेको कम्पनीको दावी छ ।

युभो टेक प्लस सिरिजको उद्घघाटन समारोहमा बोल्दै एफइएसका अन्तर्राष्ट्रिय अपरेशन प्रमुख केदार आप्टेले भने, ‘खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं । यी ट्याक्टरमा नयाँ उन्नत इन्जिन, गियरबक्स र हाइड्रोलिक प्रविधि छ । त्यसैले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

‘परिवर्तित समयसँगै, नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्च स्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामीले युभो टेक प्लस ट्याक्टर ल्याएका छौं । यसको लाभ उपभोक्ताले पाउने छन्’, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने ।

विगत ३ दशकभन्दा बढी समयदेखि नेपालका किसानहरु माझ एक विश्वसनीय ब्रान्डको रुपमा स्थापित महिन्द्राले ग्राहकहरुलाई सधैं उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्दै आएको श्रेष्ठले दावी गरे ।


Back_to_top