काठमाडौं । चिनियाँ ब्राण्ड चांगानले ‘निभो इ-०७’ मोडलको एसयूभी/पीकअप दुबैको काम गर्ने गाडी बजारमा ल्याएको छ । कम्पनीले ल्याएको यो गाडी इआरईभी हो । यसको इलेक्ट्रीक भर्सनले २०० किलोमिटर रेन्ज दिन्छ ।
यसमा ३९.०५ किलोवाट आवरको ब्याट्री रहेको छ । रेन्ज एक्सटेन्डर हाइब्रिड मोडल भएको कारण यसमा इन्जिन हुने नै भयो । कम्पनीले यसमा १.५ लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ११० किलोवाट आवर पावर प्रदान गर्छ । फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने गाडीमा इलेक्ट्रीक सहित संयुक्त पावर २५२ किलोवाट रहेको छ ।

निकै मस्कुलर एसयूभीको टप स्पीड पनि १९० किलोमिटर प्रतिघन्टा रहेको छ । चांगानले यसमा सिएटीएलले उत्पादन गरेको टर्नरी लिथियम ब्याट्री दिएको छ । यो एसयूभीलाई ६.१ लिटर पेट्रोलले १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

अफरोडको लागि उपयुक्त बनाउन कम्पनीले यसमा अप्रोच एङ्गल २१ डिग्री र डिपार्चर एङ्गल २३ डिग्री दिएको छ । २० र २१ इन्चको ह्वील दिइएको गाडीमा क्याविन पनि प्रिमियम रहेको छ । हेडअप डिस्प्ले, १५.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पछाडिको प्यासेन्जरको लागि छुट्टै स्कृन यसमा दिइएको छ ।


