काठमाडौं । नेपालमा एड्भेन्चर मोटरसाइकलको परिभाषा नै बदल्न सफल मोटरसाइकल हो रोयल इनफिल्ड हिमालयन (हिमालयन ४११) । भारतमा कम्पनीले केही समय अघि यो मोटरसाइकले उत्पादन बन्द गर्यो । र, नयाँ हिमालयन ४५० ल्यायो ।
फेरि, हालै कम्पनीले हिमालयन ४५० भन्दा सस्तो हिमालयन ४४० बजारमा ल्याएको छ । नयाँ हिमालयन ४४० ले १० वर्षअघि बजारमा आएको हिमालयन ४११ कै झल्को दिन्छ ।
नयाँ हिमालयन ४४० पुरानो हिमालयनभन्दा केही ठूलो र अफरोड फोकस गरेर डिजाइन गरिएको छ । अफरोड एड्भेन्रचसँगै टुरिङ गर्नेहरूमाझ पुरानै हिमालयन धेरै चर्चित थियो ।
नेपालमा रोयल इनफिल्ड मोटरसाइकल बिक्री गर्ने अल्फा अटोमोटिभले भारतमा सार्वजनिक भएका धेरै जसो मोटरसाइकल नेपाल भित्र्याउँदै आएको छ । हिमालयन ४४० पनि चाँडै नै नेपालमा आउने सम्भावना देखिन्छ । एड्भेन्चर मोटरसाइकल रुचाउनेका लागि किन यो मोटरसाइकल कुर्न उपयुक्त हुन्छ भन्ने बारे हामीले यहाँ चर्चा गरेका छौं ।
१. इन्जिन
यो मोटरसाइकलको इन्जिनको विशेष छ । एड्भेन्चर रुचाउनेको लागि यो मोटरसाइकलको टर्की (धेरै टर्क) इन्जिन विशेष हुने गर्छ । ४४३ सीसी सिंगल सिलिण्डर आयल कुल्ड इन्जिनले २५.४ बीएच पावर र ३४ एनएम टर्क जेनेरेट गर्छ । नेपालका उकालो-ओरालो सडक, घुम्ती तथा ग्रामीण रुटमा यात्रा गर्न रुचाउने राइडरका लागि यसको टर्क केन्द्रित इन्जिन उपयोगी हुन्छ । यसमा भएको ६ स्पीड गियरबक्स टुरिङसँगै एड्भेन्चर यात्राका लागि पनि सुहाउँदो छ ।

२. लामो ट्राभल सस्पेन्सन
नेपालमा मोटरसाइकल चलाउँदा कालोपत्रे सडकदेखि खाल्डाखुल्डी, ग्राभेल र कच्ची सडकसम्मको सामना गर्नुपर्छ । यस्तो अवस्थामा सस्पेन्सनको भूमिका महत्त्वपूर्ण हुन्छ । हिमालयन ४४० मा अगाडि २०० एमएम ट्राभल भएको टेलिस्कोपिक फोर्क र पछाडि १८० एमएम ट्राभल भएको मोनोसक सस्पेन्सन दिइएको छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम छ । विशेषगरी काठमाडौं बाहिर लामो दूरीको यात्रा गर्ने र नयाँ गन्तव्य खोज्दै हिँड्ने राइडरका लागि यो आकर्षक पक्ष हुन सक्छ ।
३. २१ इन्च ह्वील
एड्भेन्चर मोटरसाइकलमा अगाडिको पाँग्राको आकारले अफरोड क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्छ । हिमालयन ४४० मा अगाडि २१ इन्च र पछाडि १७ इन्चको वायर-स्पोक ह्विल दिइएको छ । ठूलो अगाडिको पाँग्राले अफरोडमा मोटरसाइकल नियन्त्रण गर्न सहयोग गर्न सक्छ । यसको समग्र डिजाइन पनि लामो दूरीको यात्रा र एड्भेन्चर राइडिङलाई लक्षित छ ।

४. क्लासिक हिमालयन डिजाइनसँग आधुनिक सुविधा
हिमालयन ४४० मा पुरानो हिमालयनको एड्भेन्चर पहिचान झल्किने डिजाइन दिइएको छ । यसको अग्लो फ्रन्ट प्रोफाइल, सीधा राइडिङ पोजिसन र बलियो बनावटले यसलाई परम्परागत एडरभेन्चर मोटरसाइकलको रूप दिन्छ । यसमा एलईडी लाइटिङ, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रिपर नेभिगेसन पोड र टाइप सी चार्जिङ पोर्टजस्ता सुविधा पनि छन् । लामो यात्रामा मोबाइल चार्ज गर्नुपर्ने, नेभिगेसन प्रयोग गर्ने र सहज राइडिङ पोजिसन खोज्ने ग्राहकका लागि यी सुविधा उपयोगी हुन सक्छन् ।
५. हिमालयन ४५० भन्दा सस्तो विकल्प
नेपाली ग्राहकका लागि हिमालयन ४४० हिालयन ४५० भन्दा सस्तो मूल्य विकल्पमा उपलब्ध हुने देखिन्छ । हिमालयन ४५० मा ४५२ सीसीको लिक्विड कुल्ड इन्जिन छ, जसले करिब ४० पीएस पावर र ४० एनएम टर्क उत्पादन गर्छ । यसको तुलनामा हिमालयन ४४० कम पावरको, एयर तथा आयल कुल्ड इन्जिन छ । त्यसैले यसको मूल्य पनि कम हुने अपेक्षा गरिएको छ । यदि कम्पनीले आकर्षक मूल्यमा ल्यायो भने दैनिक प्रयोग, लामो दूरीको टुरिङ र अफरोड राइडिङ गर्ने ग्राहकका लागि हिमालयन ४४० उत्कृष्ट विकल्प बन्न सक्छ ।

