काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक दुईपाँग्रे सवारी बजारमा प्रवेश गर्ने भएको छ । कम्पनीले सस्तो मूल्यको बजेट फ्रेण्डली विद्युतीय मोपेड बजारमा ल्याउने तयारी गरेको हो ।
कम्पनीले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा यामाहाको भिनो डिजाइनसँग मिल्दोजुल्दो नयाँ इलेक्ट्रीक मोपेड दर्ता गरेको गरेको हो ।
चेरीले यो स्कुटरको मूल्य र प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन । यद्यपि, यसलाई कम्पनीको दुईपाँग्रे सवारीसाधन उत्पादनमा प्रवेश गर्ने प्रारम्भिक उत्पादनका रूपमा हेरिएको छ । कम्पनीले हालै आफ्नै प्रविधि सम्बन्धी कार्यक्रममा रेन्ज एक्सटेन्डर प्रविधिमा आधारित मोटरसाइकलसमेत प्रदर्शन गरेको थियो ।
चेरीले चीनमा सस्तो बजेट बजारलाई लक्षित गरी ल्याउन लागिएको क्लोन मोपेडको मूल्य करिब २ हजार चिनियाँ युआन (लगभग ३०० अमेरिकी डलर) हुने अनुमान गरिएको छ ।
मन्त्रालयमा दर्ता भएको विवरण अनुसार यो एक साधारण ‘स्टेप थ्रु’ मेशिन हो । जसको पछाडिको पाँग्रामा हब मोटर जडान गरिएको छ । यो मोपेड यामाहाको चर्चित ‘भिनो’ श्रृंखलासँग धेरै हदसम्म मिल्दोजुल्दो छ । भिनोमा सामान्यतया १५० सीसी पेट्रोल इन्जिनमा उपलब्ध छ ।
यद्यपि, यो पूर्ण रूपमा चेरीको मौलिक डिजाइन भने होइन। चिनियाँ बजारमा यस्ता मोडलहरू विगत दुई दशकदेखि बिक्री हुँदै आएका छन् । लागत घटाउनका लागि उत्पादकहरूले एकआपसमा पार्टपुर्जा र बडी फ्रेम शेयर गर्दै हब मोटर र लिड एसिड ब्याट्रीको प्रयोग गर्ने गर्छन्।
अनलाइन सपिङ साइटहरूमा २ किलोवाट आवरभन्दा कम ब्याट्री क्षमता भएका यस्ता बाइकहरू उपलब्ध छन्, जसले एक पटकको फुल चार्जमा ५० किलोमिटरसम्मको रेञ्ज दिन्छन्।
कुनै समय चीनमा होण्डा जुमर, यामाहा जोग र भेस्पा जस्ता चर्चित मोडलका क्लोनहरूको वर्चस्व थियो। तर, निउ, सेगवे, नाइनबोट र जिहो जस्ता प्रिमियम ब्राण्डहरूको आगमनपछि यस्ता क्लोनहरू सीमित बजेट बजारमा मात्र सीमित हुन पुगेका छन् ।
चीनको चारपाँग्रे दिग्गज चेरीको यो नयाँ कदमले कम्पनीका लागि नाफाको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

