सशस्त्र प्रहरीद्वारा  निःशुल्क बस सेवा संचालन, यी रुटमा चल्ने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं  उपत्यकामा  निःशुल्क बस सेवा संचालनमा ल्याएको छ ।

दशैको बेला सार्वजनिक यातायात कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा संचालनमा ल्याएको हो ।

सशस्त्र प्रहरीका अनुसार उपत्यकाको दुई रुटमा आजदेखि ३ दिनसम्म निःशुल्क बस सेवा सुरू भएको हो । निःशुल्क बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।


Back_to_top