काठमाडौं । जिहो इलेक्ट्रीक स्कुटरको सेल्स एण्ड एक्सचेन्ज कार्निभल सुरू भएको छ । कम्पनीले नगद छुट तथा बम्पर उपहार सहितको सेल्स एण्ड एक्सचेन्च मेला आयोजना गरेको हो ।
जिहो तथा सीएफ मोटोको नेपालको लागि आधिकारिक बिक्रेता ऋषि ट्रेडका अनुसार आजदेखि सुरू भएको यो एक्सचेन्ज मेला साउन ३२ गतेसम्म संचालन हुनेछ ।
कम्पनीका अनुसार यो मेलामा नगद पैसा तिरेर जिहोको एई ६ प्लस स्कुटर किन्दा नगद २० हजार रुपैयाँ छुट पाउने छन् । साथै, एक्सचेन्जमा ३० हजार थप मूल्यांकन दिइनेछ ।
ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग जिहो एई ६ प्लस साट्न सक्नेछन् । यो योजनामा फाइनान्समा स्कुटर खरिद गर्ने ग्राहकले समेत २० हजार रुपैयाँ नगद छुट दिने योजना ल्याएको हो ।
तीन दिन चल्ने यो मेलामा सहभागी मध्ये एक जनाले ५ हजार र अर्को एक जनो १५ हजार बराबरको दशैं शपिङ कुपन प्राप्त गर्नेछन् ।
ऋषि ट्रेडले नेपाली बजारमा सीएफ मोटोका तीन मोटरसाइकल तथा जिहोका दुई स्कुटर बिक्री गर्दै आएको छ ।

