काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२४ मा थाइल्याण्डमा बनेको डब्लुआर १५५ एड्भेन्चर मोटरसाइकल बिक्री सुरु गरेको छ । एमएडब्लू राइडले प्रिमियम डिजाइन र फिचरसहित डब्लूआर १५५ नेपालमा बिक्री सुरू गरेको हो ।
यामाहा डब्लुआर १५५ आर अफरोड एड्भेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिनले अधिकतम १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ ।

यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरित डब्लूआर १५५ आरको तौल निकै कम छ । साथै, एड्जस्टेबल सस्पेन्सन, डुअल च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ । जसले यसलाई शहरी राइडरहरू र अफरोड एड्भेन्चर दुवैका लागि उपयुक्त बनेको छ ।
यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि चिनिएका छन् । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहितहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा बलियो प्रतिस्पर्धी हो ।
यामाहा डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट अटो शो अबलोकन गर्नेहरु प्रभावित देखिएका छन् । कम्पनीले यसको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

