पन्च ईभीको बुकिङ १०० नाघ्यो, टियागो किन्दा उपहार पाइने

काठमाडौं । टाटा पन्च ईभीको बुकिङ १०० यूनिट नाघेको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । कम्पनीले हिजोबाट सुरु भएको नाडा अटो शो २०२४ बाट यसको बिक्री थालेको हो ।

कम्पनीले मूल्य घोषणा नगरिकनै पन्च ईभीको प्रि-बुकिङ्ग सुरु गरेको थियो । नाडा अटो शो उद्घाटनपछि कम्पनीले पन्च ईभीलाई ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ सम्म रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

उक्त मूल्य नाडा अटो शोको अवधिलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुविधा पनि पाउने छन् ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका जनरल मेनेजर सावन्तजंग सिजापतिका अनुसार अटो शो अगाडि देखिएको उत्साह पन्चको बुकिङ्गमा पनि देखिएको छ ।

‘विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली उपभोक्ताको चाहअनुसारका गाडीहरु ल्याउदै आएको थियो । अहिले आएको नयाँ मोडल पन्च ईभीको सकारात्मक सुरुवात देखेर आफुहरु सफल भएको महसुस गरेका छौं’, सिजापतिले भने ।

यसको साथै नाडा अटो शो २०२४ टियागो ईभी बुकिङ गर्ने हरेक ग्राहकहरुले एक जोडीको लागि थाइल्याण्ड घुम्ने मौका पाउने छन् । साथै, एक वर्षको सवारी कर र एशोसरिज पनि कम्पनीले दिनेछ ।


Back_to_top