अटो शोमा अप्रिलियाका स्कुटर किन्दा ७५ हजारसम्म छुट

काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारिक बितरक कम्पनी डेल्टा अटोकर्पले अप्रिलिया स्कुटरमा ‘सुपर बम्पर अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२४ मा अप्रिलियाका स्कुटर बुकिङ गर्ने ग्राहकका लागि यो स्कीम सुरु गरेको कम्पनीको भनाइ छ ।

यस स्कीममा स्कुटर खरिद गर्न चाहाने ग्राहकले नाडा अटो शोमा गएर स्कुटर बुकिङ गर्न सक्नेछन् ।

कम्पनीले ल्याएको बम्पर अफर स्कीम अन्तर्गत ग्राहकले अप्रिलियाका स्कुटरमा १५ हजार देखि ७५ हजारसम्म नगद छुट पाउने छन् । यसका अलावा अटो शोमा स्कुटर बुकिङ गर्ने ग्राहकलाई अन्य आकर्षक अफरहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस अफरमा अप्रिलिया स्कुटर खरिद गर्न चाहने ग्राहकले नाडा अटो शो भ्रमण गर्दा स्टल नम्बर एम–२ मा रहेको अप्रिलिया हेर्न र किन्न सक्नेछन् । यो योजना अप्रिलियाको शोरुमहरुमा भने लागु नहुने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top