१३ लाख युनिट बिक्यो हुन्डाई आई-२०, नेपालमा पनि सेग्मेन्ट लिडर

हुन्डाई कम्पनीको प्रिमियम ह्याचब्याक आई–२० ले अन्तर्राष्ट्रिय स्तरमा नयाँ सेल्स रेकर्ड बनाएको छ । दश वर्षको अविधिमा भारतीय बजारमा ८ लाख ५० हजार युनिट बिक्री भएको आई–२० ले भारत बाहिर ४ लाख ५० हजार यूनिट बिक्री गर्दै आफ्नो बिक्री १३ लाख युनिट पुरा गरेको हो । 

आकर्षक स्वरुप, उत्कृष्ट पफर्मेन्स तथा आउटपुटका कारण चर्चामा रहेको यो मोडल टु–डोर र फोर डोर बडी स्टाइलमा उपलब्ध छ । नेपाली बजारमा समेत आई–२० सेग्मेन्टमा सर्वाधिक बिक्री हुने कार हो ।  

नेपाली बजारमा इलाईट आई २० र एक्टीभ आई २० गरी दुई भेरियन्टको बिक्री वितरण भइरहेको छ । 

हुन्डाई मोटर इन्डियाका सहायक उपाध्यक्ष बिकास जैनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्री आँकडाबाट उत्साह मिलेको बताउँदै आगामी दिनमा आई–२०को सफलता कायम राख्दै अगाडि बढ्ने जनाएका छन् । 

साथै उनले यो सफलताले कम्पनीलाई हौसला मात्रै नभई हामीप्रति ग्राहक तथा बजारको विश्वाससमेत बढेको बताए । 

कम्पनीले आई–२०लाई सन् २००८ मा  भारतीय बजारमा सार्वजनिक गरेको थियो भने, यसको दोस्रो जेनेरेशन सन् २०१४ मा आएको थियो । यस वर्ष भने कम्पनीले आई–२०को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो । 

अहिले भारतीय बजारमा औषत मासिक १० हजार युनिट बिक्री भइरहेको छ । यो मोडलमा आकर्षक क्याबिन, इन्फोटेनमेन्ट सिस्टम प्यासेन्जर तथा ड्राइभरको सुरक्षाकालागि विभिन्न सुविधा दिइएको छ । 

यो मोडल पेट्रोल र डिजेल दुबै इन्जिनको बिकल्पमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ८२ बीएचपी पावरका साथै ११५ एनएम टर्क जेनेरेट दिइएको छ । 

त्यस्तै, १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिनले ८९ बीएचपी पावर र २२० एनएम टर्क उत्पादन गर्छ । पेट्रोल भर्सन प्रतिलिटर १९.८ किलोमिटर माइलेज प्रदान गर्छ भने, डिजेल भर्सनले प्रतिलिटर २२.५ किलोमिटर माइलेज प्रदान गर्छ । 


Back_to_top