मारुती सुजुकी कम्पनीले पावरफूल हाइब्रिड मोडल निर्माण तयारी गरेको छ । जापानको चर्चित अटोमोबाइल्स कम्पनी सुजुकीले भारतीय बजारमा हाइब्रिड मोडल बनाउे तयारी गरेको हो । पेट्रोल भेरियन्टको तुलनामा ती हाइब्रिड मोडलको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँ बढी पर्न आउने कम्पनीले जनाएको छ ।
कम्पनीका चेयरम्यान आरसी भारगावाले सरकारले हाइब्रिड मोडलको जीएसटी दरमा कटौती गरे कम्पनीले मूल्यमा समायोजन गर्ने बताए । उनले भने, ‘हाइब्रिड मोडलको मूल्य पेट्रोल भेरियन्टकोभन्दा २ लाख ५० हजार रुपैयाँ बढी तोकिनेछ । सँगै, साथै, उनले डिजेल भेरियन्ट र हाइब्रिड मोडलको मूल्य समान राख्ने निर्णय भएको जानकारी दिए । सरकारले जीएसटी दर कटौती गरे अनुमानीत मूल्यमा कमी आउन सक्छ ।’
बीएसभीआई मापदन्डअनुसार डिजेल भेरियन्टका कारको मूल्यसमेत बढाउने तयारी गरिएको उनले बताए । कम्पनीले पेट्रोल भेरियन्टको तुलनामा डिजेल ह्याचब्याक तथा कम्प्याक सेडानको मूल्यसमेत ८० हजारदेखि १ लाखसम्म बढाउने तयारी गरेको हो ।
कम्पनीले २०१९ को डिसेम्बर ३१ बाट बीएस–सिक्स मापदन्डमा आधारित मोडलको उत्पादन गर्ने र मार्च ३१, २०२० बाट बीएस–फोर मापदन्डका मोडलको बिक्री–वितरण रोक्ने तयारी गरेको छ ।
यसकासाथै, विभिन्न कम्पनीले पुरानो मापदन्डमा आधारित मोडलको उत्पादन बन्द गर्नुकासाथै नयाँ मापदन्डबमोजिम परिमार्जन गर्ने तयारी गरेका छन् । आईसीआरएले नयाँ मापदन्ड कार्यान्वयन पश्चात् डिजेल गाडीको व्यापारमा ४० देखि २५ प्रतिशतसम्म ह्रास आउने जानकारी दिएको छ ।
यसैबीच, महिन्द्रा एन्ड महिन्द्राले सन् २००९ मा पहिलो माइक्रोमाइल्ड हाइब्रिड प्रविधिमा आधारित स्कोर्पियो कार बजारमा ल्याएको थियो । मारुती कम्पनीले सन् २०१५ मा उक्त टेक्नोलोजीलाई आफ्नो स्वामित्वमा लिँदै सियाज र इर्टिगा दुई मोडल बजारमा ल्याएको थियो । हाइब्रिड प्रणालीले डिजेल, पेट्रोल तथा इलेक्ट्रीक मोटरको पारस्पारिक प्रयोग गर्ने गर्छ । सँगै, तीनवटै भेरियन्टका तुलनामा उत्कृष्ट पफर्मेन्स दिने कम्पनीको दाबी छ ।
भारगावाले ग्राहकको मागबमोजिम हाइब्रिड प्रणालीको उत्पादनमा लागेको बताउँदै नयाँ इमिशन मापदन्डको प्रभावकारी कार्यान्वयनका लागि यसले ठूलो सहयोग पुर्याउने दाबी गरेका छन् । उनले २०२० सम्ममा हाइब्रिडसँगै इलेक्ट्रीक मोडल बजारमा ल्याउने बताए ।


