काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ ।
उनीहरूलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पीआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन् ।
योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो । जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ ।
उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए ।
उनीहरूको मेहनत र धैर्यले उनीहरूलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको छ । जहाँ उनीहरूले प्रशिक्षाणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन ।
विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ ।
यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिलाई पहिचान गर्ने मात्र नभई अरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ ।


