काठमाडौं । नेपालका राजनीतिज्ञ, जनप्रतिनिधिहरु, पर्यटन व्यवसायीदेखि सुरक्षा निकायसम्मको पहिलो रोजाइमा पर्दै आएको महिन्द्राको एसयूभी स्कर्पियो क्लासिक नयाँ एडिसनमा आएको छ ।
कम्पनीले भारतमा बिक्री सुरु गरेको बोस एडिसनमा सबैजनाको लागि छुट्टाछुट्टै सिट उपलब्ध गरिएको छ । बाहिरी डिजाइन लगायतका विषयमा धेरै परिमार्जन नभएको बोस एडिसनको इन्टेरियर भने ब्यापक परिमार्जन गरेको हो ।
महिन्द्राले आफ्नो सर्वाधिक सफल मोडलको अगाडि ग्रिल र फगल्याम्प हाउजिङमा क्रोमको प्रयोग गरेको छ । यसबाहेक सबैतिर डार्क थिममा तयार परिएको एसयूभी सानदार देखिएको छ ।
गाडीको पछाडि दिइएको रियर क्वाटर ग्लास, बनेट स्कुप, हेडल्याम्प, टेलल्याम्पमा समेत डार्क क्रोम प्रयोग भएको छ । यसमा रेन भाइजर, फ्रन्ट स्कीडप्लेट, रियर गार्डमा पनि व्ल्याक पाउडर कोटिङसहित रियर भ्यू क्यामरा दिइएको छ । ओराभीएमको कभरमा पनि कार्बन फाइबर फिनिसिङ पाउन सकिन्छ ।
यसको पछाडि रहेको बेन्च सिट हटाएर ‘बोस सीट’ दिएको छ । पछाडिको दुबै सिटमा आर्मरेष्ट, कुशन तथा नेकपीलो समेत थपिएको छ । रियरको दुई सिटको बीचबाट सजिलै पछाडिको सिटमा जान सकिन्छ ।
महिन्द्रा स्कर्पियो क्लासिकमा २.२ लिटरको फोर सिलिण्डर डिजेल इन्जिन छ । उक्त इन्जिनले १३२ हर्सपावर तथा ३०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । रियर ह्वील ड्राइभ स्कर्पियो क्लासिकमा ६ स्पीड म्यानुअल गियरबक्स छ ।

