काठमाडौं । सरकारले ‘ई चीट’ प्रणाली लागु गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारीसाधन चलाउनेलाई अब इलेक्ट्रीक चीट दिने भएको हो ।
आज उपत्यका ट्राफिक कार्यालयमा एक कार्यक्रम आयोजना गरी गृहमन्त्री रमेश लेखकले उक्त सेवाको शुभारम्भ गरेको हो । ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टीभीआरएस) बाट डिजिटल चीट जारी गर्ने सेवाको सुरुवात गरेका हुन् ।
हिजो मात्रै नागरिक एपको प्रयोग लाइसेन्स कार्ड सरह मान्यता हुने ब्यवस्था गरेको सरकारले अब ई चीटको पनि सुरुवात गरेको हो ।