कठमाडौं । सिजी मोटर्सले एक्सपेङ जी-६ मोडल पोखरामा बिक्री सुरु गरेको छ । पोखराकै पुरानो मध्येको एक गाडी बिक्रेता अटोवेज प्रालिले डिलर लिएर एक्सपेङ पोखरा लगेको हो ।
चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको प्रिमियम मोडल जी-६ नाडा अटो शो २०२४ बाट नेपालमा सार्वजनिक भएको थियो ।
पोखरामा डिलर नियुक्त भएको अटोवेजका संचालक नारायणप्रसाद पौडेलले एक्सपेङको उपलब्धीका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा सिजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले कम्पनीको भावी योजनाका विषयमा प्रकाश पारेका थिए ।
अहिले बिक्री सुरु भएको एक्सपेङ जी-६ मोडल स्मार्ट प्रविधि र उत्कृष्ट डिजाइनको कारण चर्चामा रहेको मोडल हो । युरोपियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको एक्सपेङ जी-६ मोडलमा १९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको जी-६ मोडलमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।



