काठमाडौं । इलेक्ट्रीक कार अउडी ई-ट्रोन ‘रिकल’ गरिएको छ । कम्पनी ब्याट्रीमा आगो लाग्ने सम्भावना देखिएको भन्दै भारतमा बिक्री भएको कार रिकल गरेको हो ।
कारवालेले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार भारतीय बजारमा बिक्री भएको ३१ यूनिट अउडी ई-ट्रोन रिकल गरिएको हो ।
कम्पनीले ई-ट्रोन जिटी, आरएस जिटी ई-ट्रोन जिटी बिद्यूतिय कारको ब्याट्रीमा समस्या देखिएको हो । कम्पनीका अनुसार ब्याट्री सेलमा समस्या देखिएको भन्दै ब्याट्री तात्ने, ब्याट्री भोल्टेज अनियमित हुने र यसले कारमा आगोलागीसम्म हुने खतरा हुनेभन्दै रिकल गरिएको हो ।
कम्पनीले ९ जनवरी २०२० देखि फेब्रुअरी २०२४ सम्म उत्पादन भएको कारमा समस्या देखिएको हो । भारतमा बिक्री भएको ३१ यूनिट कार परिक्षणका लागि रिकल गरिएको रिपोर्टमा दावी गरिएको छ ।
समस्या देखिएको परीक्षणका लागि ग्राहकहरुलाई जानकारी गराउनुका साथै निःशुल्क मर्मत हुने ब्यवस्था कम्पनीले गर्नेछ ।


