सिगलको बिक्रीमा बन्दै रेकर्ड

काठमाडौं । बीवाइडीको इन्ट्री लेभल मोडल सिगल एकपछि अर्को महिना उत्कृष्ट ब्यापार गर्दै आएको छ । कम्पनीले अप्रिल २०२३ मा पहिलो पटक बजारमा ल्याएको सिगल ह्याचव्याक २०२४ लागेसँगै तिब्ररुपमा बिक्री पाउन सफल भएको हो ।

सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्ममा ३ लाख ५६ हजार ७४८ युनिट सिगल बिक्री भएको थियो । जबकी अक्टोबर महिनामा मात्रै कम्पनीले ५४ हजार ८१ युनिट सिगल बिक्री गरेको थियो ।

नोभेम्बर महिनाको डाटा आउँदा त्यो बिक्री झनै बढेको हो । नोभेम्बरमा ५६ हजार १५६ यूनिट सिगल बिक्री भएको तथ्यांक सार्वजनिक भयो । जुन नोभेम्बरमा सर्वाधिक बिक्री भएको मोडल बन्यो । नोभेम्बरमा धेरै बिक्री हुने कारको सूचीमा दोस्रो स्थान टेस्ला मोडल वाईले पायो ।

टेस्लाले मोडल वाई ४४ हजार ५७६ यूनिट बिक्री गरेको थियो । नोभेम्बर महिनामा चीनमा १२ लाख ६८ हजार युनिट न्यू इनर्जी भेहिकल बिक्री भएको थियो ।

बीवाइडी सिगल चीन बाहिर पनि लेफ्ट ह्याण्ड ड्राइभ भएका देशमा बिक्री वितरण हुँदै आएको छ । सम्भवत २०२५ को मध्यसम्ममा नेपाली बजारमा पनि सिगलको बिक्री वितरण सुरु हुनेछ ।

बीवाइडीकै सबैभन्दा सस्तो मोडलको रुपमा विश्वभर चर्चा कमाइरहेको सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । साथै, यसमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको अधिकतम रेन्ज ४०५ किलोमिटरसम्म रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।


Back_to_top