काठमाडौं । डोङफेङ नामी बिक्री घोषणा भएको दिनदेखि नै चर्चामा रहेको मोडल हो । ‘बिग ह्याच वीथ फाइभ–स्टार लक्जरी’ स्लोगन दिएर ल्याएको नामीले ब्यापार पनि त्यहि किसिमको पाउन सफल भएको हो ।
बिक्री सुरु भएको छोटो समयमा नै ३०० युनिट नामी बक्स कार आयात भएको कम्पनीले दावी गरेको छ । कम्पनीको दावी अनुसार नै आयात तथ्यांक पनि देखिन्छ ।
नामी बक्स कारमा फ्रेम लेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडास फिचर पाउन सकिन्छ । क्लिन ड्यासबोर्ड, १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर जस्ता मोर्डन फिचरले धेरैलाई लोभ्याउने छ ।
‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोन हासिल गरेको छ । फेसन शो थेममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चै नै अब्बल बनेको छ । आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो’, एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले भने ।


