हुन्डाईको ‘डिसेम्बर डिलाइट स्कीम’मा धेरैको चासो

काठमाडौं । हुन्डाईको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हिजो शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा आफ्नो नक्साल, भक्तपुर र थापाथली शोरुममा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

हुन्डाईले संचालन गरेको ‘डिसेम्बर डिलाइट’ स्कीम अन्तर्गत शनिवार उपत्यकामा रहेका शोरुमहरुमा विशेष कार्यक्रम आयोजना गरेको हो । शनिवार मात्रै ३०० जनाभन्दा धेरैले शोरुम भिजिट गरेको कम्पनीले जनाएको छ । पुराना ४० वटा गाडीको मूल्यङ्कन भएको र २० नयाँ गाडी बुकिङ भएको ल्क्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

कम्पनीले डिसेम्बर डिलाइट योजना अन्तर्गत आफ्ना विभिन्न मोडलमा ६ लाखसम्मको नगद छुट, ५ लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको पूर्ण बीमा दिएको छ ।

यस स्कीममा ग्राहकले ‘जिरो कष्ट ओनरसीप प्लान’ पाउने छन् । उक्त योजनामा ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्री र वासिङको कुपन प्राप्त गर्न सक्नेछन् । साथै, ३ वर्षको सर्भिसिङ प्याकेजको फाइदा पनि उठाउन सक्नेछन् ।

गत सोमबारबाट सुरु भएको डिसेम्बर डिलाइट स्कीम आज साँझसम्म चल्ने कम्पनीले जनाएको छ ।


Back_to_top