यामाहा R15 V3 एबीएससहित सार्वजनिक, नेपाल आउँदा कति पर्ला मूल्य ?

यामाहाले एबीएस विशेषता उपलब्ध आर–१५ भी थ्री मोटरसाइकल भारतमा सार्वजनिक गरेको छ । अप्रिल डेडलाइन भन्दा अगाडीनै कम्पनीले नयाँ सुरक्षा विशेषतासँगै बाइमामा सिगंल च्यानल एबिएस, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एड्जस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विङ्गलेट्सलगायतका फिचरसहित आर १५ भी ३ सार्वजनिक गरेको हो ।

बाइकमा स्टाइललिस्ट एलईडी हेडलाइट, टल वाइन्ड–स्क्रिन, वाइन्ड डिफ्लेक्टरलगायतका विशेषता उपलब्ध छन् । 

साथै, पुरानो मोडलमा उपलब्ध रियर भ्यू-मिररलाई क्लिपअन ह्यान्डबारले विस्थापन गरेको छ । साथै, डिजाइनरले मोटरसाइकलको फ्यूल ट्याङ्कीमा ग्रिप लगाएको छ ।

यसमा उपलब्ध १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम-टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ । मोटरसाइकलमा अर्काे आकर्षक विशेषतास्वरुप भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) भीभीए प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । भारतीय बजारमा यसको मूल्य १ लाख ३९ हजार भारु तोकिएको छ । यसअघिको मोडलको तुलनामा यसको मूल्य करिब १२ हजार भारुले बढी हो ।

नेपाली बजारमा एमएडब्ल्यूले बिक्री वितरण गर्दै आएको यो बाइकको मूल्य ४ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । यदि एबीएससहितको आर१५ भी३ नेपाल आउने हो भने, यसको मूल्यमा करिब ३५ हजार हाराहारीमा मूल्य बढ्ने देखिएको छ ।  


Back_to_top