काठमाडौं । ग्वान्जाओ अटोमोबाइल कर्पोरेशन (जीएसी)ले पनि इलेक्ट्रीक भर्टिकल टेकअफ र ल्याण्डिङ (फ्लाइङ कार) व्यावसयिक उत्पादन गर्ने भएको छ ।
कम्पनीले यसैसाता फ्लाइङ कारको लागि नयाँ ब्राण्ड समेत लन्च गरेको हो । गोभी नाम दिएको यो ब्राण्डले एयरजेट समेत सार्वजनिक गरको छ ।
यसअघि चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङले फ्लाइङ कार लन्च गरेको थियो । जीएसीको गोभी ब्राण्डको पहिलो फ्लाइङ कारले एकपटकमा २०० किलोमिटरसम्मको उडान गर्न सक्नेछ ।
जीएसीले सन् २०२३ जुनमा भएको टेकडेमा पहिलो फ्लाइङ कार एयरकार देखाएको थियो । गोभी एयरजेटमा कम्पोजिट विङ रहेको छ । जसले गर्दा भर्टिकल टेकअफ र ल्याण्डिङमा फ्लेक्जिबिलिटी हुनुको साथै क्रुज स्पीडमा समेत इफिसियन्सी हुनेछ ।

जीएसीका अनुसार गोभी एयरजेटमा रोबो एयरट्रयाक्सी डिजाइन भएकोले यसले एयर र ग्राउण्डको टाभल निडलाई एड्रेस गर्नेछ । यो जेटमा हाइप्रफर्मेन्स इलेक्ट्रीक ड्राइभ सिस्टम रहेको छ जसको अधिकतम स्पीड २५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यो एयरजेजको रेन्ज २०० किलोमिटरको मात्र भए पनि यसलाई ३० मिनेटमै रिचार्ज गर्न सकिनेछ । भविष्यमा गोभी एयरजेटमा जीएसीको अल सोलिड स्टेट ब्याट्रीको प्रयोग हुनेछ । यसको रेन्ज ४०० किलोमिटरसम्मको हुने कम्पनीको दाबी छ ।

आगामी वर्ष भित्र यस कारको एयरओर्दिनेसको सर्टिफिकेट प्राप्त गरी उत्पादन सुरू हुने कम्पनीले जनाएको छ

