काठमाडौं । जापनी अटोमोबाइल ब्राण्ड होण्डा मोटर्सले ३ नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई लक्षित गर्दै आइस, हाइब्रिड तथा इलेक्ट्रीक पावरट्रेनमा ३ वटा एसयूभी लन्च गर्ने योजना सार्वजनिक गरेको हो ।
होण्डा कार इण्डियाका प्रेसिडेन्ट ताकुया सुमुराले एक कार्यक्रमका बीच सन् २०२६/२७ सम्मका लागि ३ वटा कारको घोषणा गरेका हुन् । यी ३ भेहिलक मध्य एक भने इलेक्ट्रीक भर्सनको एलिभेट एसयूभी हुनेछ ।
अहिलेको होण्डको पोर्टफोलियोमा अमेज, सिटी तथा एलिभेट गरी ३ वटा मात्र मोडल रहेको छ । होण्डाले नयाँ कारहरूको लागि नयाँ मोडुलर प्ल्याटफर्म समेत विकास गर्दैछ । पीएफ २ नाम दिएको यो प्ल्याटफर्ममा आइस र ईभी दुवै पावरट्रेनका भेहिकल बन्नेछ ।
होण्डाले दोस्रो भेहिकल पनि एसयूभी ल्याउने बताएको छ । होण्डाले भारतमा ७ सिटे एसयूभीको योजना बनाएको हो । नयाँ प्ल्याटफर्ममा बन्ने यो एसयूभीको डिजाइन र डेभलप जापान र थाइल्याण्डको टिमले गरिरहेको छ । यो एसयूभीमा स्ट्रङ हाइब्रिड पावरट्रेन रहनेछ ।

होण्डाले तेस्रो भेहिलकको रूपमा सब कम्प्याक्ट सेग्मेन्टमा एसयूभी ल्याउने छ । भारतमा निकै चल्तीको यो सेग्मेन्टमा मारुती ब्रेजा, टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यू जस्ता मोडलहरू रहेका छ ।



