टेस्लाको फेसलिफ्ट ‘मोडल वाइ’ जनवरीमा आउने

काठमाडौं । टेस्लाले आफ्नो क्रसओभर एसयूभी मोडल वाइको फेसलिफ्ट मोडल जुनिपर सन् २०२५ को जनवरीदेखि उत्पादन थाल्ने भएको छ ।

चीनको गिगा सांघाईमा उत्पादन हुने फेसलिफ्ट मोडल वाइ ५ सिटेका साथै थ्रीरोमा ६ सिटे समेत उत्पादन हुनेछ । ६ सिटे मोडल वाइ भने सन् २०२५ को चौथौ क्वाटरमा मात्र डेलिभरी हुनेछ ।

६ सिटे मोडल वाइको आधिकारिक जानकारी बाहिर नआए पनि यो एसयूभी टेस्लाको मोडल एक्सकै लेआउटमा बन्नेछ । यसमा अगाडि दुई रोमा क्याप्टेन सिट हुनेछ भने पछिल्लो सिट बेन्चसिट हुनेछ ।

फेसलिफ्ट मोडल वाइमा इन्टेरियर र एक्टेरियरमा केही अपडेट हुनेछ । यसको ब्याट्री क्यापासिटी बढ्नुको साथै इलेक्टीक मोटरको प्रफर्मेन्समा समेत सुधार हुनेछ । टेस्ला मोडल वाइ फेसलिफ्टमा सेल्फ डाइभिड टेक्नलोजी समेत अपग्रेड हुनेछ ।

टेस्लाको चीनमा रहेको गिगा सांघाईका वार्षिक उत्पादन क्षमता १० लाख कार रहेको छ । हाल यो प्लान्टबाट मोडल ३ र ५ सिटे मोडल वाइको उत्पादन भइरहेको छ । मोडल वाइको हिस्सा टेस्लाको कुल बिक्रीमा ७३ प्रतिशत रहेको  छ।


Back_to_top