बजार उथलपुथल बनाउन सक्ने ‘किया सिरोस’, यस्ता छन् फिचर

काठमाडौं । कियाले भारतमा उत्पादन गरेको सिरोस एसयूभीको चर्चा अहिले चुलिएको छ । किया इन्डियाले सब फोर मिटर सेग्मेन्टमा सोनेटकै प्लेटफर्ममा तयार पारेको सिरोस फिचर लोडेड एसयूभी हो ।

अहिले भारतमा सर्वाधिक बिक्री हुने टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा थ्रीएक्सओ, निसान म्याग्नाइट, किया कै सोनेट, रेनो काइगर, स्कोडा काइल्याक, जस्ता मोडलको तुलनामा अधिक फिचरसहित सिरोस बजारमा आउन लागेको हो ।

किया इन्डियाले डिसेम्बर १९ तारिखमा यसलाई देखाएको थियो । कम्पनीले विभिन्न ६ भेरियन्टमा ल्याउन लागेको सिरोस एसयूभी ४ मिटर लम्बाइ भएको मोडल हो । सिरोसको टप भेरियन्टमा १७ इन्चको अलोय ह्वील, कियाको लोगो प्रोजेक्सन सहितको पडल ल्याम्प, दुई कलरमा सजिएको इन्टेरियर, ६४ कलरमा छान्न मिल्ने एम्बियन्ट लाइट उपलब्ध छ ।

अटोमोटिक क्लाइमेट कन्ट्रोल, क्लाइमेट कन्ट्रोल एड्जस्ट गर्न ५ इन्चको टच स्क्रीन, १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८ स्पीकर, कियाको २.० कार कनेक्टिभिटी र एयर प्यूरिफायर जस्ता फिचर पाउन सकिन्छ । जुन अधिकांश फिचर यो सेग्मेन्टमा उपलब्ध कारमा भन्दा राम्रा छन् ।

स्मार्ट ड्यासक्याम्प, सबै भ्यान्टिलेटेड सिट, अटोमेटिक आइआरभीम, स्मार्ट फोन वायरलेस चार्जर, फोर–वे पावर्ड ड्राइभर सिट, अगाडि र पछाडि नै पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटर र लेभल टु एडास फिचर उपलब्ध छन् ।

भारतीय बजारमा एउटै र उस्तै डिजाइनका सब फोर मिटर एसयूभी बीचमा प्रतिस्पर्धा भइरहेको समयमा कियाले बक्सी डिजाइनमा नयाँ एसयूभी देखाएको हो । जुन भारतीय उपभोक्ताको लागि एउटा फिचर प्याक मोडल हुनेछ । नेपालमा ईभीको माग धेरै भएको कारण यसले खासै धेरै चर्चा पाउने देखिँदैन ।


Back_to_top