बजाज फाइनान्स मेला, नागरिकतामै बजाजको मोटरसाइकल

काठमाडौं । बजाजको फाइनान्स मेला आयोजना हुने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले पुस १० देखि १६ गतेसम्म उक्त मेला आयोजना गर्ने भएको हो ।

कम्पनीका अनुसार फाइनान्स मेला नक्सालस्थित बाइकर्स क्याफेमा आयोजना हुने भएको हो ।

बजाजले यो फाइनान्स मेलामा नागरिकताकै आधारमा मोटरसाइकल उपलब्ध गराउने भएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयसा्रेतको सर्टिफिकेट लगायत कागजात आवश्यकता पर्दथ्यो । अब भने ग्राहकले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर पनि मोटरसाइकल किन्न सक्नेछन् ।

यद्यपि, मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एकजना साक्षी बस्ने व्यक्ति भने अनिवार्य रहेको कम्पनीले जनाएको छ ।

साथै, उक्त फाइनान्स मेलामा विभिन्न स्कीमहरू रहेको कम्पनीले जनाएको छ । उक्त फाइनान्स मेलामा बजाजले ९.९९ प्रतिशत ब्याजमै मोटरसाइकल उपलब्ध गराउनुका साथै, १ घण्टामा लोन पास गराउने र विभिन्न मोटरसाइकल एसेसरिज निःशुल्क प्रदान गर्ने जनाएको छ ।


Back_to_top