काठमाडौं । नेपाली बजारमा चार महिना अगाडि प्रबेश गरेको चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको जी–६ लग्जरी र पर्फर्मेन्सको उत्कृष्ट मिश्रण भएको कार हो ।
सिजी मोटर्सले बिक्री गर्दै आएको एक्सपेङको पहिलो मोडल जी-६ अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाइसँग प्रतिस्पर्धा गरिरहेको मोडल हो । ‘जी-६’ क्रसओभर मोडलमा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । डब्लूएलटीपीका अनुसार यसले ४३५ किलोमिटर रेन्ज दिन्छ ।
‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । तर, यत्रो साइजको चार्जर भने नेपालमा उपलब्ध नै छैन ।

यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलीमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।

क्रसओभर एसयूभीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि २० इन्चको छ ।

बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनीयम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्यावीन क्लीन डिजाइनको छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम दिइएको छ ।

रियर ह्वील ड्राइभ एक्सपेङ जी-६मा १९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले ४४० एनएम टर्क प्रदान गर्छ ।


