काठमाडौं । सिजी मोटर्सले जीएसी एवोन वाईमा ‘विन्टर एक्सचेन्ज क्याम्प’ सुरू गरेको छ । कम्पनीले विविध छुटसहित एक्सचेन्ज क्याम्प घोषणा गरेको हो ।
जुनसुकै ब्राण्डका गाडी ल्याएर एवोन वाईसँग सट्टापट्टा गर्न सक्नेछन् । यसरी एक्सचेन्जमा आउने गाडीहरुले अतिरिक्त ५ लाख रुपैयाँ थप मूल्याङ्कन पाउने छन् ।
आगामी पुस १५ गतेसम्म चल्ने एवोन वाईको एक्सचेन्ज क्याम्पमा एक आर्थिक वर्षको लागि निःशुल्क सवारी कर र एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्नेछन्। साथै, उपभोक्ताले तत्काल मूल्यांकन सेवा र सोही दिन डेलिभरीको सुविधासहित पाउने छन् ।
आधुनिक डिजाइन र प्रविधिका कारण ५०० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको ६१.४ लिथियम आइरन फस्फेट ब्याट्री, ३६० डिग्री एचडी भ्यू क्यामेरा पाउन सकिन्छ ।


