काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले आफ्नो सफल मोटरसाइकल साइन १२५ को २०२५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले एसपी साइनको २०२५ मोडल ९१ हजार ७७१ रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको हो ।
कम्पनीले मूल्य पनि १० हजार भारतीय रुपैयाँसम्म बढाएर ल्याएको नयाँ साइन बीएस-६ फेज टूमा आधारित भएर आएको हो । नयाँ इन्जिन अनुसार २०२५ मा विभिन्न फिचरहरू थप गरेर ल्याएको हो ।
होन्डा साइन २०२५ मा अल एलइडी हेडल्याम्प, नयाँ ट्याङ्क डिजाइन, ४.२ इन्च टिएफटी डिस्प्ले, ब्लूटूथ कनेक्टिभिटी, नेभिगेशन, भ्वाइस असिस्ट, टाइप सी चार्जिङ पोर्ट जस्ता फिचर यसमा थप गरिएको छ ।
साइन १२५ मा १२४ सीसी सिंगल सिलिन्डर इन्जिन एफआई इन्जिन उपलब्ध छ । यो इन्जिनले ७५०० आरपीएममा १०.७ हर्षपावर र ६००० आरपीएममा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
भारतमा होन्डा साइन १२५ सीसी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो ।


