काठमाडौं । होन्डा नेपालले एनएक्स २०० को मिडिया टेष्ट राईड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत शनिबार हात्तीवन रिसोर्टमा उक्त कार्यकम आयोजना गरेको हो ।
होन्डा नेपालले ‘फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल’ भन्ने नाराका साथ यो राइडमा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई समावेस गरेर राईड आयोजना गरेको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले लतितपुरको एकान्तकुना सर्भिस सेन्टरबाट सुरू गरेको राईड बल्खु, चोभार, फर्पिङ हुँदै हात्तिवन रिसोर्ट पुगको थियो ।
होन्डा एनएक्स २०० एडभेन्चर–क्रसओभर मोटरसाइकल हो । एड्भेन्चर मोटरसाइकल मन पराउनेहरुका लागि उपयुक्त हुने यो मोटरसाइकमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७।२७ बीएचस पावर र १६।१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।
होन्डा एनएक्स २०० मा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।
यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।

