‘हट बलुन’ उडाउँदै सार्वजनिक भयो ‘बीवाइडी एम-६’ (फोटो-फिचर)

पोखरा । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पोखराबाट आफ्नो एमपीभी मोडल बिक्री सुरु गरेको छ । पोखरामा आजबाट सुरु भएको ‘बलुन फेस्ट’बाट आफ्नो नयाँ एमपीभी एम-६ सार्वजनिक गरेको हो ।

कम्पनीले सुरुवाती मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको एम-६ सात सिट क्षमताको मल्टी प्रपस भेहिकल हो । पानारोमिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको कारण धेरैको आवश्यकता यसले पुरा गर्नेछ ।

कम्पनीले यसलाई १०० किलोवाटको इलेक्ट्रीक मोटरमा उपलब्ध गराएको छ । ७१.८ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको एम-६ ले सिंगल चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिने छ । उक्त ब्याट्रीलाई ११५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

बीवाइडी एम-६ सुरक्षा फिचरमा पनि अब्बल छ । यसमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचर पाउन सकिन्छ । १२.८ इन्चको रोटेटेबल इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र एडास फिचर यसमा छ ।


Back_to_top