१० बीएचपी पावर दिने यामाहाको हाइब्रीड स्कुटर ‘नोजा’

यामाहाले–१२५ सीसी सेग्मेन्टअन्तर्गत हाइब्रिड स्कुटर नोजा ग्रान्डको बिक्री भियतनामबाट सुरु गरेको छ । 

कम्पनीले यो स्कुटरको मूल्य २ लाख १६ हजार नेपाली रुपैयाँमा भियतनाममा बिक्री गर्दै आएको छ । २०१८ जुलाईमा थाइल्यान्डमा आयोजित ‘यामाहा ग्रान्ड फिलानो हाइब्रिड’ शोमार्फत् नोजा ग्रान्ड बजारमा ल्याउने जानकारी कम्पनीले दिएको थियो । नोजा ग्रान्डमा उपलब्ध स्टार्टर जेनेरेटरले मोटरको काम गर्ने गर्छ । 

यस स्कुटरमा एबीएस विशेषताकासाथै स्मार्ट–के सिस्टम उपलब्ध छ । यसकासाथै, ब्लू–कोर डिजाइनमा निर्माण भएको यस स्कुटरले लो–बाइब्रेसन, स्मूथ–एस्केलेरेन र उत्कृष्ट पर्फमेन्स दिने कम्पनीको दाबी छ । यो स्कुटर टीएफटी एलसीडी कलरमा उपलब्ध छ । 

वार्षिक साढे ३ लाख युनिट स्कुटर व्यापार हुने भियतनाममा व्यापकरुपमा स्कुटरको बजार विस्तार भैरहेकोले कम्पनीले प्राथमिकतामा राख्दै भियतनामबाट स्कुटर सार्वजनिक गरेको हो । युरोपियन डिजाइनमा निर्माण भएको स्कुटरमा १२५ सीसी क्षमताको फ्यूल इन्जेक्टेड मोटर लगाइएको छ । यसले १० बीएचपी पावरकासाथै १२ एनएम–टर्क उत्पादन गर्छ । अन्य स्कुटरको तुलनामा यसले ७ प्रतिशत इन्धन बचत गर्ने कम्पनीले जनाएको छ । 


Back_to_top