ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको नयाँ भेरियन्ट नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । ट्रायम्फ स्क्रायम्बलर ४०० एक्सको नयाँ कलर भेरियन्ट नेपाल आउने भएको छ । कम्पनीले पर्ल ह्वाइट भेरियन्टन नेपाल भित्र्याउने भएको हो ।

पछिल्लो समय नेपाल भित्रिएको सबैभन्दा चर्चित मोटरसाइकल ब्रान्डको ट्रायम्फको स्क्रयाम्बलर ४०० एक्समा नयाँ कलर अप्सन थपिएको हो ।

केही दिन भित्रै बिक्री सुरू गर्ने तयारी रहेको पर्ल ह्वाइट स्क्रयाम्बलर ४०० एक्सको बुकिङ खुला गरिएको कम्पनीले जानकारी दिएको छ । ग्राहकले नक्साल शोरुमबाट यसको बुकिङ गर्न सक्नेछन् ।

नयाँ कलरमा आउने स्क्रयाम्बलर ४०० एक्समा अन्य कुनै परिर्वतन भने गरिएको छैन् । प्रिमियक कलर अप्सनमा आउने स्क्रयाम्बलर ४०० एक्सको मूल्यमा कुनै परिर्वतन नहुने कम्पनीको भनाइ छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडीरमोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।


Back_to_top