होण्डा साइनमा नयाँ इन्जिन, अन्य फिचर पनि थपिए

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले आफ्नो चर्चित १२५ सीसीको मोटरसाइकललाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । कम्पनीले होण्डा साइन १२५ मोटरसाइकल अपग्रेड गरेर ल्याएको हो ।

नयाँ अपग्रेड गरेर ल्याएको साइन १२५ डिस्क र ड्रम गरी दुई भेरियन्टमा ल्याएको छ । नयाँ साइन १२५ मा नयाँ प्रदुषण मापदण्ड अनुसारको १२३.९४ सीसीको सिंगल सिलिन्डर, एयर कूल्ड, एफआई इन्जिन प्रयोग गरिएको छ । यस इन्जिनले अधिकतम १०.६३ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड क्षमताको गियरबक्स दिइएको छ ।

टिपिकल कम्यूटर र स्लीक स्पोर्टीनेस डिजाइनमा तयार भएको नयाँ साइनमा स्टाइलिस ग्राफिकल इलेमेन्ट्स, क्रोम एसेन्ट्स, हेडलाइट काउल, एग्जस्ट कभर, लामो सिंगल पिस सिट, बडी कलर ग्रयाबरेल, टेलिस्कोपिक फर्क, ५ स्टेपको प्रिलोड एड्जस्टेवल ट्वीन सक अब्जर्बर, ट्युबलेस टायर र अप्सनल सीबीएस ब्रेकिङ सिस्टम उपलब्ध छ ।

यस मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । जसमा स्पीडोमिटर, आडोमिटर, ट्रिप मिटर, फ्युल गेज, गियर पोजिसन इन्डिकेटर, समय, फ्युल इकोनोमी, डिस्ट्यान्स टू इम्पिटी र पावर मोड इन्डिकेटर्स जस्ता डिटेल्स हेर्न सकिन्छ ।

त्यसैगरी, एलइडी लाइट, साइड स्ट्यान्ड कटअफ सिस्टम, युएसबी चार्जिङ पोर्ट, होण्डा आइडल स्टार्ट स्टप सिस्टम र एसीजी (अल्टरनेटिंग करेन्ट जेनेरेटर) सिस्टम जस्ता फिचरहरु छन् ।


Back_to_top