तयार हुँदै ‘जेको जे-५’, ग्लोवल लन्चसँगै नेपाल आउने

काठमाडौं । नेपालमा ओमोडा/जेको ब्राण्ड अब चिनाइरहनु पर्ने नाम रहेन । ओमोडाको स्लीक लुक्स, हेर्दैमा ईभी जस्तो देखिने स्केटबोर्ड आउट लुक र कुप्पे डिजाइनको कारण बजारमा उपलब्ध अन्य ईभीभन्दा भिन्न देखिन्छ ।

त्यसैगरी जेकोले इलेक्ट्रीक लाइफ स्टाइल अफरोड एसयूभीमा एउटा मानक स्थापना ग¥यो भन्दा फरक पर्दैन । जेको जे–६ को सफलतासँगै कम्पनीले नयाँ मोडल ल्याउने योजना बनाएको छ । अहिले जेको जे-६ ले धेरै देशमा सफलता पाइरहेको छ ।

जेकोकै ब्राण्डमा चिनियाँ बजारमा नयाँ मोडल लन्च भएको छ । जेको जे-५ नाम दिएको नयाँ मोडल प्योर इलेक्ट्रीक र प्लगइन हाइब्रिड पावर ट्रेनमा आउने भएको हो । नयाँ मोडलमा समावेस मेकानिकल र टेक्नीकल फिचरहरु बाहिर आएको छैन ।

अमोडा/जेकोको इन्टरनेशनल समीट २०२४ मा पहिलो पटक देखाएको एसयूभीको बजारमा लन्चिङ भने अप्रिल महिनामा हुने अनुमान गरिएको छ ।

जेको जे-५ को लम्बाई ४३८०, चौडाई १८६० र उचाई १६५० एमएम छ । जुन अहिले बजारमा रहेको जे-६ भन्दा केही सानो हो । तर, बडी डिजाइनमा भने जे-६ र जे-५ मा निकै ठूलो अन्तर पाउन सकिन्छ ।

जे-५ एसयूभीमा २६२० एमएम लामो ह्वीलवेस दिइएको छ । बी सेग्मेन्ट एसयूभी रुपमा आउन लागेको जे-५ धेरै टेक्नोलोजी, स्टाइल र व्यावहारिकतालाई सोचेर तयार परिएको कम्पनीको दावी छ ।

यसको फ्रन्ट ग्रीलमा दिएको वाटरफल जस्तो देखिन भर्टिकल स्ल्याट र मोर्डन डिजाइनको रेक्ट्रयाङ्गुलर एलइडी हेडलाइटको कम्बिनेशन एसयूभीलाई मोर्डन बनाउन प्रयाप्त छ । यसको पछाडि दिएको स्लीक लेटलाइट हाउजीङले ट्रेन्डी कनेक्टेडभन्दा फरक देखाएको छ ।

जेकोले जे-५ एसयूभीको ड्यासबोर्डमा १३.२ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट स्कृन दिएको छ । टु स्पोक स्टेरिङ ह्वील र त्यसको पछाडि दिएको इन्ट्रुमेन्ट क्लस्टर स्टाइल र सूचना दिन सहज देखिएको छ ।

यसको क्याविन डिउल टोनको लेदर फिनिसिङमा उपलब्ध हुन्छ । पानारोमिक सनरुफ, पावर टेलगेट, फुल साइज स्पेयर ह्वील, ४८० लिटरको बुटस्पेशमा उपलब्ध हुने जे-५मा रहेको ब्याट्री र मोटर साइजका विषयमा कुनै आधिकारीक जानकारी बाहिर आएको छैन ।


Back_to_top