पल्सर एनएस १२५ मा थपियो नयाँ फिचर

काठमाडौं । बजाजले पल्सर एनएस १२५ मा सुरक्षा फिचर थप गरेर ल्याएको छ । बजाज अटोले पल्सर १२५ मा सिंगल च्यानल एबीएस थप गरेर ल्याएको हो ।

कम्पनीले २०२५ पल्सर एनएस १२५ को सुरूवाती मूल्य १ लाख १ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर एबीएस भर्सन सार्वजनिक गरेको हो ।

बजाज पल्सर एनएस १२५ को फ्रन्ट ह्वीलमा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएम ड्रम ब्रेक दिइएको छ । कम्पनीले २०२४ मोडलमा कम्बाइन ब्रेकिङ सिस्टम दिएको थियो ।

१२५ सीसी सेग्मेन्टमा पावरफुल यो एनएस १२५ मा एबीएस फिचर थप भएसँगै यसको ब्रेकिङ अनुभव अझै राम्रो हुने कम्पनीको भनाइ छ ।

बजाज पल्सर एनएस १२५ ले हिरो एक्स्ट्रिम १२५ आर, टीभीएस रेडर १२५ जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्छ ।

नयाँ एनएस १२५ मा भर्टिकल पोजिसनमा एलईडी फ्रन्ट फेसिया हेडल्याम्प र डीआरएल सेटअप दिइएको छ । पूरा डिजिटल नयाँ इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । फोन कनेक्टिभिटी सिस्टम, ओडोमिटर, रेभ काउन्टर, ट्रिप मिटर र फ्युल गेज रिडिङ मोटरसाइकलको डिस्प्लेमा देखिने छ ।

नयाँ एनएस १२५ को डिजाइन, लुक्स, इन्जिन र अन्य पार्टस्मा भने केही परिमार्जन गरिएको छैन । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ५ स्टेपको मोनोसक सस्पेन्सन रहेको छ ।

कम्पनीले एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, डीटीटएस-आई ईआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ११.८० ब्रेकहर्स पावर र ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्टेपको गियरबक्स पाउन सकिन्छ ।


Back_to_top