नेपाल आउने भयो ‘नियो ब्राण्ड’, तोकियो आधिकारीक बिक्रेता

काठमाडौं । चीनमा स्टार्टअप कम्पनीले नियोको आधिकारीक बिक्रेता तोकेको छ । नेपालका आधा दर्जन बढी ब्यवसायीक समुहले नियो नेपाल ल्याउन दौड लगाए पनि पारामाउन्ट मोटर्सले बाजी मारेको हो ।

चीनमा नियो पहिलो ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरेर गाडी बनाउने कम्पनी हो । उसले चीनमा हजारौंको संख्यामा ब्याट्री स्वापिङ सेन्टरहरु संचालनमा ल्याएको छ । साथै, उसले आफ्नो साना गाडीको लागि फायरफ्लाई ब्राण्डको सुरुवात गरेको छ ।

चीन बाहिर बिक्री गर्ने लक्ष्यसहित कम्पनीले फायरफ्लाई ब्राण्डको सुरुवात गरेको हो । तर, युरोपमा चिनियाँ कारमा धेरै कर लगाइएको कारण एशियाली अन्य बजारमा जाने तयारी नियोले गरिरहेको छ । यही क्रममा नियो फायरफ्लाइ ब्राण्ड नेपालमा पनि सार्वजनिक गर्ने योजना बनाएको बताइन्छ ।

आगामी नोभेम्बरसम्ममा फायर फ्लाई ब्राण्डको ह्याचव्याक कार राइट ह्याण्ड ड्राइभमा उपलब्ध हुनेछ । त्योसँगै पारामाउन्ट मोटर्सले नियो ब्राण्डको आधिकारीक लन्चिङ गर्ने अनुमान गर्न सकिन्छ । पारामाउन्टले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भने ल्याउने वा नल्याउने विषयमा कुनै जानकारी दिएको छैन ।

यस्तो छ फायरफ्लाइको पहिलो ह्याचब्याक

फायरफ्लाइ एक ह्याचव्याक मोडल हो । फोर मिटर साइजमा उपलब्ध फायरफ्लाइ मोडलमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसमा सनवाडाले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा पनि ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरिएको छ । लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम रहेको ह्याचव्याक कारमा २६१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

फायरफ्लाइमा ह्वील भने १८ इन्चको प्रयोग भएको छ । अन्तर्राष्ट्रिय बजारमा मिनी कुपरसँग प्रतिस्पर्धा गर्न यसलाई बनाएको नियोको दावी छ । फायरफ्लाइ विद्युतीय ह्याचव्याक कारको अगाडि र पछाडि नै युनिक डिजाइन पाउन सकिन्छ ।

तीनवटा सर्कल लाइट रहेको कारको टर्निङ रेडियस केबल ४।७ मिटर हुनेछ । निकै आकर्षक डिजाइनमा तयार भएको फायरफ्लाइ मोडलको डिजाइन बीएमडब्लू र फोर्डमा काम गरेका कृस तोमासनले गरेका हुन् ।

यसको बढी स्ट्रक्चर पनि ८३.४ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको छ । सुरक्षाका लागि यसमा एडास सिस्टम र ९ वटा एयरव्याग उपलब्ध हुनेछन् ।


Back_to_top