प्यूजोका दुई स्कुटरको बिक्री सुरू, मूल्य ६ लाख ३२ हजारसम्म

काठमाडौं । फ्रेन्च ब्राण्ड प्यूजोको दुई पाङ्ग्रे इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले प्युजोका स्कुटर नेपाल ल्याएको हो ।

कम्पनीले प्यूजोका प्रिमियम स्कुटर डिजागों र स्पीडफाइट ४ गरी दुई मोडलको बिक्री सुरू गरेको हो ।

प्यूजो डिजागों प्रिमियम रेट्रो स्कुटर हो । यसमा १२५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १०.६ हर्ष पावर र ९.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ८.५ लिटरको सेग्मेन्टमै ठूलो इन्धन ट्याङ्क छ । स्कुटरको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध छ भने सिंगल च्यानल एबीएस दिइएको छ ।

यसको मूल्य कम्पनीले ५ लाख ७० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

त्यस्तै, अर्को स्कुटर स्पीडफाइट ४ स्पोर्टी डिजाइनमा तयार भएको स्कुटर हो । यसमा १५० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १२.५ हर्ष पावर र १३.२ एनएम टर्क जेनेरेट गर्छ ।

दुवै ह्वीलमा डिस्क ब्रेक भएको स्कुटरमा डबल च्यानल एबीएस पाउन सकिन्छ । यसमा फुल डिजिटल डिस्प्लेका साथै कनेक्ट फिचरसमेत उपलब्ध छ ।

कम्पनीले यसको मूल्य ६ लाख ३२ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । प्यूजोका स्कुटर बजारमा ल्याएको
अग्नी मोटो इंकले जावा, यज्दी जस्ता मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ ।


Back_to_top