टोयोटाले ल्यायो सी-एचआर ईभी, दुई ब्याट्री अप्सन, ६ सय किमीसम्म रेन्ज

काठमाडौं । जापानी ग्लोबल अटो जाइन्ट टोयोटाले इलेक्ट्रीक एसयूभी सी-एचआर ईभी सार्वजनिक गरेको छ । कम्पनीले भारतमा सुजुकीसँग मिलेर सार्वजनिक गरेको अर्वान क्रुजरपछि युरोपबाट सी-एचआर ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले यसलाई दुई ब्याट्री अप्सनमा बजारमा उतार्ने भएको हो । जसको सिंगल चार्जमा ६०० किलोमिटरसम्म रेन्ज रहने कम्पनीको दावी छ । टोयोटाले यसमा ५७.७ र ७७ किलोवाट आवर क्षमताको ब्याट्री रहनेछ ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको सी-एचआर हाइब्रिडमै आधारित रहेर कम्पनीले इलेक्ट्रीक कार देखाएको हो । यसमा फ्रन्ट ह्वील र अल ह्वील ड्राइभ अप्सन उपलब्ध हुनेछ । यसमा १२५ किलोवाटको फ्रन्ट ह्वील मोटर र २५५ किलोवाट क्षमताको अल ह्वील ड्राइभ मोटर छ ।

टीएनजीए प्लेटफर्ममा बनेको सी-एचआरले सिंगल चार्जमा ठूलो ब्याट्रीले ६०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ । ११ र २२ किलोवाटको एसी चार्जर सपोर्ट गर्ने एसयूभीले १५० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

साइजको आधारमा अर्वान क्रुजरभन्दा ठूलो हुने सी-एचआरको लम्बाइ ४५२० एमएम छ । यसको ह्वील वेस २७५० एमएम रहेको छ । निकै मोर्डन र स्टाइलिस फ्रन्ट लुक्स रहेको सी-एचआरले कस्तो ब्यापार गर्छ, त्यो थाहापाउन भने थप समय कुर्नु पर्ने हुन्छ ।

यसको क्याविन पनि निकै फिचर लोडेड रहेको छ । टोयोटा सेफ्टी सेन्स फिचर प्रयोग भएको यसको क्याविनमा १४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एम्बीयन्ट लाइट, पानारोमिक सनरुफ र लेदर सिट पाउन सकिन्छ । यसमा एडास फिचर पाउन सकिन्छ ।


Back_to_top