महंगो भयो बजाजका मोटरसाइकल, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । बजाजका मोटरसाइलहरुको मूल्य वृद्धि भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चैत्र महिनाको मूल्यसूची प्रकाशन गर्दै नयाँ मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँसम्मले वृद्धि भएको हो ।

कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य बढाएको छ । कम्पनीले धेरैजसो मोटरसाइकलमा २ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो । केही मोडलमा भने ३ हजार रुपैयाँसम्म वृद्धि गरेको हो ।

कम्पनीले ६ मोडलको मूल्य भने यथावत नै राखेको हो । कम्पनीले प्लाटीना, पल्सर १२५, पल्सर १५० सिंगल डिस्क, पल्सर १५० ट्वीन डिस्क, एन १६०, पल्सर २२० एफ, एनएस २०० एफआई एबीएस, एनएस ४००, एभेन्जर १६०, एभेन्जर २२० र डोमिनारको दुबै मोडलमा २÷२ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

त्यस्तै, डिस्कभर १२५ र पल्सर एन १५० मा ३÷३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top